लागु औषध दुव्र्यसनी विरुद्धको अभियानमा सक्रिय रहनु भएका नार्कोनन्का दक्षिण एशियाली प्रमुख वसन्तराज कुँवर फ्रिडम मेडल प्राप्त गरेसँगै लागुऔषध दुव्र्यसनी विरुद्धको अभियानलाई सक्रिय बनाउन विश्व भ्रमणमा निस्कनु भएको छ ।
गत महिना अमेरिकामा आयोजना भएको विशाल कार्यक्रमबाट फ्रिडम मेडल प्राप्त गरेपछि उहाँ नार्कोनन्को सदभावना दुतको रुपमा रहनु भएको छ । सदभावना दुत बनेसँगै उहाँले विश्वमा बढ्दै गएको लागुऔषध दुव्र्यसनी न्युनिकरणका लागि भूमिका खेल्नुपर्छ । कुँवर लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतना जगाउने अन्तर्राष्ट्रिय श्रोत व्यक्तिको रुपमा नियुक्त हुनु भएको हो ।
यहिं साताबाट विश्वव्यापी दौडाहामा निस्कनु भएको कुँवर अहिले अष्ट्रेलिया पुग्नु भएको छ । उहाँले शनिबार मेलबर्नमा आयोजना भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नु भएको थियो । कुँवर लागुऔषध दुव्र्यसनी रोक्ने अभियानका विशेषज्ञका रुपमा चिनिनुहुन्छ । नेपालमा लागुऔषध दुव्र्यसनी न्युनिकरणमा उल्लेख्य योगदान गरेका कुँवर अव विश्वभर आफ्नो दक्षता र क्षमतालाई प्रदर्शन गर्दै विश्वलाई लागुऔषध दुव्र्यसनी मुक्त गराउने अभियानमा लाग्नु भएको हो ।
लामो समयदेखि नेपाललाई ड्रग्स मुक्त गराउने अभियानमा सक्रिय रहनु भएका नार्कोनन्का दक्षिण एशियाली प्रमुख कुँवरलाई अमेरिका स्थिति आई.ए.एस संस्थाले फ्रिडम मेडल नामक पदकबाट सम्मान गरेको थियो । गत मंसिर १४ गते अमेरिकाको फ्लोरिडामा आयोजित विशाल समारोहमा कुँवरलाई सम्मान गरिएको हो । अमेरिकी संस्था आई.ए.एस. सामाजिक हितका क्षेत्रमा अद्वितीय कार्य गर्ने व्यक्तिहरुलाई सम्मानित गर्ने संस्था हो । यसले सामाजिक हितका क्षेत्रमा अद्वितीय काम गर्नेहरुलाई फ्रिडम मेडल नामक पदक द्वारा वर्षेनी सम्मानित गर्दै आएको छ । हलिउड स्टार टम क्रुज, जोन ट्रोभोल्टा जस्ता व्यक्तिहरु यो पदकबाट सम्मानित भैसकेका छन् भने कुँवर यस्तो सम्मान पाउने पहिलो नेपाली हुनुहुन्छ ।