जापानका सर्वसाधारणलाई लागुऔषधबाट बच्ने उपाए सिकाउँदै वसन्तराज कुँवर

नार्कोनन् नेपालका दक्षिण यशिया प्रमुख वसन्तराज कुँवरले जापानको टोकियोमा आयोजित विशाल सभालाई सम्बोधन गर्नु भएको छ । टोकियोमा शनिबार आयोजित कार्यक्रममा सयौं जापानी नागरिकको उपस्थिति रहेको थियो ।
आइएसआई इन्टरनेशनल युएसएको विश्व यात्रा कार्यक्रम अन्तरगत कुँवर जापान पुग्नु भएको हो । फ्रिडम मेडल विजेता कुँवरले यो वर्ष मात्र २५ भन्दा बढि देशमा पुगेर लागु औषधबाट बच्नका लागि अपनाउनु पर्ने उपाय र यसले व्यक्ति, घर तथा समाजमा पार्ने असरका विषयमा सचेत गराउने जिम्मेवारी पाउनु भएको छ । यहिं जिम्मेवारी अन्तरगत उहाँ अहिले जापान पुग्नु भएको हो ।
टोकियोमा भएको कार्यक्रममा उहाँले ड्रग्सका विषयमा सचेतना अपनाइएन र यसको नियन्त्रण तर्फ लागिएन भने सिंगो एशियानै खतरामा रहने बताउनु भयो । उहाँले जापानका सर्वसाधारणलाई नार्कोनन्को सहयोगबाट ड्रग्स मुक्त समाज निर्माण गर्न सकिने भन्दै नार्कोनन् विधिका बारेमासमेत जानकारी दिनुभयो ।
कुँवरले साइक्राटिक औषधि पनि मानव जीवनका लागि खतरा भएको भन्दै यस्तो कार्य रोक्नु पर्ने बताउनु भयो । उहाँले बच्चाहरुलाई यस्तो औषधि दिने गरिएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । साइक्राटिक औषधिले बच्चाहरुको भविष्य नै अन्धकार बनाउन सक्नेप्रति सचेत रहन जापानका सर्वसाधारणलाई उहाँ सचेत गराउनु भयो ।
जापानमा साइन्ट्रोलोजी अर्गनाइजेशन स्थापना हुन लागेको जानकारी गराउँदै कुँवरले यसबाट भरपुर सहयोग लिन आग्रह पनि गर्नु भयो । कुँवर अर्को साता प्रमुख वक्ताको रुपमा सहभागि हुन स्वीट्जरल्याण्ड प्रस्थान गर्दै हुनुहुन्छ । यस अघि कुँवरले गत जनवरी १८ मा अष्टे«लियामा सम्बोधन गरिसक्नु भएको छ । त्यस्तै फेब्रुअरी १५ मा लण्डनमा भएको विशाल कार्यक्रममा लागुऔषध दुव्र्यसनीबाट बच्ने उपाएका बारेमा मन्तव्य राख्नुभएका कुँवर त्यस लगत्तै जापान पुग्नु भएको हो ।