कहिले बन्ला ड्रग्सको सरकारी उपचार केन्द्र ?

वसन्तराज कुँवर

दिनहुँ मेरो भेट ड्रग्सको समस्यामा परेका परिवारसँग हुने गर्दछ । यस क्रममा म सँधै अकल्पनीय दुःखहरु सुन्ने गर्दछु । यसै हप्ता पनि गाउँको जस्तो देखिने एक महिला मलाई भेट्न आउनु भयो । उहाँको अनुहार देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो की उहाँ ज्यादै ठूलो तनावमा हुनुहुन्छ । ती महिलाको घर दोलखाको कुनै गाउँमा रहेछ । जब मैले उहाँलाई म के सहयोग गर्न सक्छु ? भनेर  प्रश्न गरेँ उहाँको बोलीभन्दा पहिल्यै दुई आँखाबाट बरर् आँशु झर्न थाल्यो । आँखामा आँशु रोक्न नसके पनि मुखमा हाँसो ल्याउन उहाँले प्रयास गर्नु भयो । तर आँशु र हाँसो दुवै साथ जाने कुरै थिएन । आँशुले नै जित्यो । उहाँले आफ्ना कुरा राम्ररी मेरो सामु राख्न सक्नु भएन ।
केही बेर म पनि चुप बसेँ । त्यस पछि उहाँले फरियाको फेरले आँखा पुछेर भन्नु भयो– “हामीले चार वटी छोरी जन्मायौ तर रहर अझै एक छोरा पाउने भयो । छोराका लागि विभिन्न देव तिर्थमा भाकल पनि ग¥यौँ । अन्तमा भगवानले सुन्नु भयो र हाम्रो एक छोरा जन्मियो । छोराको आगमनले हामी धेरै हर्षित भयौँ र गच्छे अनुसारको भोज पनि खुवायौं । उसको पालन पोषणमा कुनै कमी नहोस् भन्ने साेंचेर मेरा पति गाउँ छोडी काठमाडौँमा साधरण मजदुरी गर्न आउनु भयो । चार छोरीहरुले पनि भाइलाई आमा बावुले अत्यधिक माया गरेकोमा इश्र्या गरेनन् ।” उहाँले अगाडि भन्नुभयो– “करिव ६ कक्षा पढ्दा उसले गाँजा खान थालेछ । हामीले साधारण प्रकारले लियौँ तर विस्तारै विस्तारै पैसा नपाए दराज लडाउने, झ्याल फुटाउने गर्न थाल्यो । हामीले त्यसलाई पनि सह्यौ । हँुदा हुँदा टेलिभिजन माथि कब्जा जमाई आपूmले राती अवेर सम्म हेर्ने त्यतिबेलासम्म आमा छोरीहरु बाहिरै कुरिरहनु पर्ने बनायो । त्यसलाई पनि सह्यौँ तर जब लातका लातले मलाई र दिदीहरुलाई कुट्न थाल्यो त्यस पछि हामी डराउन थाल्यौं ।”
जब ती आमाले आफ्नै छोराले ड्रग्स खान पैसा नपाउँदा वा उसले भनेको कुरा नमान्दा लातका लात हानेर कुट्ने गरेको सत्यकथा सुनाउनु भयो, त्यसपछि मैले सोधें के विषयमा उसले तपाईँमाथि हातपाथ गर्दछ ? तब ती आमाले भन्नुभयो– उसलाई कुट्न खासै कारण चाहिँदैन । गाउँमा दाउराले भात पकाउनु पर्छ । छोरा माथि हुन्छ । खाना पकाउँदै हुन्छु ए ..... (अपशब्द) बोल्दै किन धुँवा पारेको भनेर लातले ड्याम्ड्यामी हान्छ । कहिले पैसा नदिँदा ड्याम्ड्यामी कुट्छ । एक पटक उसले आफ्नो दिदीलाई कोठामा कुट्न थाल्यो दिदी भाग्दा दराज लड्यो । हामी भागाभाग ग¥यौँ । दराज लड्दा छोराको कोखमा पनि लागेछ । ऊ पिँडाले कराउन थाल्यो । म छोराको मायाले कोठामा पुगेँ र उसलाई उठाएँ । त्यसपछि ऊ मेरो सहारामा उठ्यो र उठ्ने वित्तिकै मालाई हात र लातले कुट्न थाल्यो । म अर्धमुर्छीत हुन पुगेँ । यती भनेपछि उनका गला रोकिए । म पनि निक्कै भावुक भईसकेको थिएँ ।
करिब एक घण्टा मैले ती महिलाले आफ्नो छोराले दिएको यातना सुनेँ । आफ्नै घरमा डर र त्रास र भयानक आतंक बीच बाँचेकी ती महिला कहिले काहीँ आत्महत्या गर्ने सोंच पनि राख्दी रहिछीन् । ज्यादै ज्यादती गर्दा उनले आफ्ना बेदना काठमाडौँमा क्यटरिङमा काम गर्ने पतिलाई सुनाउदी रहिछन् तर ती बाबुले पनि गर्न सक्ने केहि थिएन ।
गएको चार पाँच वर्ष आफ्नै घरमा आतंक बीच बाँचेकी ती महिलामाथि हालसालै सहनै नसक्ने घटना घटेछ । किन धुँवा पारिस भन्ने निहु खोजेर त्यो दुव्र्यसनि छोराले त्यसदिन पनि खुब आमामाथि लात घुस्सा मारेछ र हातको कुइनो घाँटीमा राखी अर्को हातले त्यो कुइनो ठेली सास बन्द गराई आमालाई मार्ने प्रयास गरेछ । विवस आमा एकछिनसम्म तड्पिएर फुत्कन प्रयास गरिछिन् तर संघर्ष निकै बेर गर्नु परेछ । छिमेकीहरुको प्रयासले उनी फुत्कीछिन् तर फुत्की सकेपछि पनि निक्कै बेर उनको सास अड्केछ । बल्ल बल्ल उनी राम्ररी सास फेर्न सक्ने भइछन् । त्यसपछि गाउँलेहरुले पनि भनेछन् यसले तिम्लाई मार्छ बरु घर छोडेर भाग र ज्यान बचाऊ । ती विवस महिलाले गाउँलेहरुबाट पनि मद्दत पाइनछिन् किनकी सबै ती केटासँग डराउँदा रहेछन् । अन्तमा गएको हप्ता ती आमाले रुँदै रुँदै घर छोडेर भागिछिन् । ज्यान जोगाउन पतिको डेरामा आइछिन् । पतिको डेरामा आएर पनि समस्या समाधान भएनछ । छोराले फोन गर्दो रहेछ र पैसा नपठाउने भए ल यो विध्वंस गरेँ भनेर फोनबाट सुनाई घरको सम्पत्ती नास गर्दो रहेछ । घरको सम्पत्ती नास भएको सुनेर काठमाण्डौँमा परिवार रुँदा रहेछन् । उसले पैसा माग्दै धम्काउने नाममा हुर्केका सुन्तलाका बोट काटेछ । दराजहरु घोप्टाएछ र फुटाएछ । वार्दलीका रेलीङ भाँचेछ । शौचालयमा राखेको प्यान फुटाएछ । गाउँलेहरुले आज यो विध्वंस ग¥यो भनि सुनाउँदा रहेछन् र ती आमालाई आफुले जोडेको सम्पत्ति नास हुँदा मन पोल्दो रहेछ । घर छोडि भाग्दा पनि सुख नपाएपछि उहाँलाई कसैले नार्कोनन् जानु भनि सल्लाह दिएछन् । यहि सिलसीलामा खोज्दै खोज्दै उहाँ बुढानिलकण्ठ मेरो सामु आईपुग्नु भएको रहेछ ।
सम्पूर्ण कुरा सुनेपछि मैले सान्त्वना दिँदै भनेँ– “म तपाईलाई सहयोग गर्दछु । पहिला म तपाईँको छोरालाई नियन्त्रण गरी तपाईहरुलाई घरमा फर्काउने काम गर्दछु ।” यति भनि मैले तत्कालका लागि ती छोरालाई पक्राउ गराउने निर्णय गरेँ र दोलखाका डि.एस.पी. साब काफ्लेज्यूलाई फोन गरेँ । ती आमा मेरो सामु हुँदा डि.एस.पी. काफ्ले सावले त्यो आतंक फैलाउने छोरालाई समात्नु भएको खवर हाम्रो सामु आयो । मैले ती आमालाई फोनबाट धन्यवाद दिन आग्रह गरेँ उहाँले ती दोलखाका डि.एस.पी. सावलाई धन्यवाद दिनुभयो । त्यसपछि मैले उहाँलाई घरमा जान आग्रह गरेँ र डि.एस.पी. सावलाई केहि समय कानुनको नियन्त्रणमा राखिदिन अनुरोध गरेँ ताकि त्यो परिवारले पहिला घर जान पावोस् र सोचेर उपचार केन्द्र तिर समन्वय गर्न सकोस् ।
यो लेख लेख्दासम्म त्यो वदमास छोरो प्रहरी नियन्त्रणमा छ । आमाहरु गाउँको आफ्ना घरमा पुगेर घर सम्हाल्दै छन् । तर त्यो छोराको तत्कालको समस्या समाधान भए पनि दीर्घकालिन समस्या समाधान भएको छैन । उसलाई उपचार तथा पुनस्र्थापनाको आवश्यकता पर्नेछ । धेरै मूलुकहरुमा राज्यले नै उपचार व्यवस्था गर्दछ तर नेपालमा त्यो व्यवस्था पनि त्यही गरिव आमा बाबुले नै गर्नु पर्दछ । जे होस् हाल प्रहरी साथीहरुको सहयोगले ती आमा आफ्नो घरमा छिर्न पाएकी छिन् तर आउँदा दिनमा उनको जीवनमा के बित्ने छ सायद दैवलाई नै थाहा होला ।
आज नेपालमा धेरै परिवारहरु आफ्नै घरका लागुऔषध प्रयोगकर्ताको आतंक बीच त्रसित जीवन बाँचिरहेका छन् । कतिको यहि कारण मृत्यु नै भइसकेको छ । उनीहरुलाई हाम्रो सहयोगको खाँचो छ । सरकारले यस्ता पिडित परिवारको आँशुलाई देखेको छैन । पोखरामा उपचार केन्द्र खोल्ने भनि निकासा गरेको पचास लाख विजयकुमार गच्छदारले सुनसरी लानुभयो रे । फलस्वरुप पोखरामा एउटा भिर लिइएको छ, जहाँ घर बनाउनै सकिँदैन भन्छन् । सरकारको बजेटले ती चरिकोटको महिलाले कहिले राहत पाउलिन् ? एन.जि.ओ लाई सरकारले पैसा दिँदैन । उसले कर उठाउन पनि पाउँदैन । स्वीडेनमा सरकारले उपचार गर्छ । युरोप, अमेरिकामा विमा कम्पनीले गर्छ । भारतमा सरकारले उपचार गर्छ । नेपालमा घरबाट निकालिएकी महिलाले सरकारको सहयोग पाउने दिन कहिले आउला ? कहिले बन्ला सरकारको दुव्र्यसनी उपचार केन्द्र ?